चार कम्पनीको स्यानिटाईजरको बिक्री वितरणमा औषधि व्यवस्था विभागकाे रोक

khabarwave
३१ भाद्र २०७७

काठमाडौं । औषधि व्यवस्था विभागले मानव स्वास्थ्यकालागि हानीकारक मिथानोल मिश्रति चार कम्पनीको स्यानिटाईजर फेला परेको छ ।

चीन र भारतबाट आयात भएका दुई कम्पनी र ललितपुर तथा काठमाडौंका दुई कम्पनीका स्यानिटाइजर गुणस्तरहीन पाइएको औषधि व्यवस्था विभागले जनाएको छ । नेपालमा आयात भएका चीनमा बनेको ओपकल नन वासिङ इन्टिब्याक्टेरियाल सोलुसन १२० एमएल र पामाकेयर स्ट्याण्ड हृयाण्ड स्यानीटाइजर ६० एमएलमा विषाक्त गुणस्तर पाइएको हो ।

काठमाडौंका कारखाना रहेको यूनिकेयर इन्स्ट्याण्ड हृयाण्ड स्यानिटाईजर ६५ एमएल तथा ललितपुरमा बनेको सासा इन्स्ट्याण्ड हृयाण्ड स्यानिटाईजर ५० एमएलमा कम गुणस्तर पाइएको विभागले जनाएको छ । यूनिकेयर र सासामा मेथानोलको मात्रा क्रमशः ५५ प्रतिशत तथा ३९।३४ प्रतिशत पाइएको थियो ।यस्तै चीनबाट आएको ओपकलमा इथानोलको मात्रा ६८ प्रतिशत पाइएको थियो भने भारतको गुजरातमा बनेको पामाकेयारमा ६६ प्रतिशत इथानोलल भएको भेटिएको थियो । गुणस्तरहीन स्यानिटाइजर प्रयोग नगर्न विभागले सर्वसाधरणलाई पनि आग्रह गरेको छ ।

कम गुणस्तर तथा हानीकारक विषाक्तयुक्त स्यानिटाईजरको बिक्री वितरण रोक्न र बजारमा भएको स्यानिटाईजर तुरुन्त फिर्ता लैजान विभागले उत्पादकलाई भनेकाे छ।

यसअघि पनि पाँच वटा कम्पनीको स्यानिटाइजरमा पनि यस्तै रसायन भेटिएको थियो ।

 

Loading spinner