काठमाडौं । प्रतिनिधि सभाको आज बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने भएका छन्।
संघीय संसद् सचिवालयका अनुसार बुधबार बिहान ११ बजे सुरु हुने बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफललाई निरन्तरता दिइनेछ।
राष्ट्रपति रामचन्द्र पाैडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा विभिन्न दलका सांसदहरूले नीति तथा कार्यक्रममाथि आफ्ना धारणा राखेका थिए। सोही क्रममा उठेका प्रश्नहरूको जवाफ आज प्रधानमन्त्री बालेन शाहले दिने कार्यसूची रहेको छ।
प्रधानमन्त्रीको जवाफपछि नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने तयारी गरिएको संसद् सचिवालयले जनाएको छ।
