रास्वपाको महाधिवेशन तयारी तीव्र
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनका लागि सभापति रवि लामिछानेको नेतृत्वमा मूल आयोजक समिति गठन गरेको छ।
असार ७, ८ र ९ गते चितवनमा हुने महाधिवेशनलाई व्यवस्थित गर्न गठन गरिएको समितिमा उपसभापति डा. स्वर्णिम वाग्ले, महामन्त्रीद्वय कविन्द्र बुर्लाकोटी र भूपदेव शाह, सहमहामन्त्री विपिनकुमार आचार्य, लिमा अधिकारी, बसुमाया तामाङ, मनिष झा, विराजभक्त श्रेष्ठ, दीपकराज बोहोरा, गणेश पराजुली, सोबिता गौतम, शिशिर खनाल, हरि ढकाल, सरिता ज्ञवाली र सागर ढकाल सदस्य रहेका छन्।
त्यसैगरी, पार्टीका सबै केन्द्रीय समिति सदस्य तथा प्रदेश सभापतिहरू पनि मूल आयोजक समितिमा समावेश हुने व्यवस्था गरिएको छ।
रास्वपाले महाधिवेशनलाई संगठन सुदृढीकरण, भावी राजनीतिक दिशा निर्धारण तथा नयाँ नेतृत्व चयनको महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।
