राष्ट्रपतिद्वारा संघीय संसद् अधिवेशन आह्वान

khabarwave
१० बैशाख २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । राष्ट्रपति कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन आह्वान गरिएको हो। यहीँ वैशाख १७ गते बिहीबार दिउँसो २ बजे संघीय संसद् भवन, सिंहदरबारमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन बस्ने तय गरिएको उल्लेख छ।

Loading spinner