निजगढमा मिटरब्याज पीडितसँग गृहमन्त्री गुरुङको संवाद

khabarwave
३० असार २०८३

जनकपुरधाम। मिटरब्याजविरुद्ध न्यायको माग गर्दै जनकपुरधामबाट काठमाडौंतर्फ ‘पैदल न्याय मार्च’मा निस्किएका पीडितहरूसँग गृहमन्त्री सुधन गुरुङले बाराको निजगढमा भेटवार्ता गरेका छन्।

गृहमन्त्री भेट्न आउने जानकारी पाएपछि पीडितहरूले मंगलबार बिहान निजगढमै आफ्नो यात्रा केही समयका लागि रोकेका थिए।

उद्योग वाणिज्य संघ निजगढको सभाहलमा गृहमन्त्री गुरुङले मिटरब्याज पीडितका प्रतिनिधिहरूसँग उनीहरूका माग र समस्याका विषयमा छलफल गरिरहेका छन्।

मिटरब्याज पीडित संघर्ष समितिका नेता मनोज पासवानका अनुसार भेटवार्तामा पीडितहरूले आफ्ना माग र न्यायका विषयमा गृहमन्त्रीसमक्ष धारणा राखिरहेका छन्।

Loading spinner