हुम्लामा पहिरोले घर गोठ बगायो

khabarwave
६ जेष्ठ २०८३

हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–५ मा भीषण असिनापानीपछि आएको पहिरोले घर गोठ बगाएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी विष्णु श्रेष्ठका अनुसार मंगलबार परेको हावाहुलीसहितको असिना पानीपछि रातको समयमा बाढी आएको हो । बाढीले स्थानीयको घर गोठ बगाउँदा भेडाबाख्रा पुरिएका छन् । मानवीय क्षतिको विवरण भने आइनसकेको श्रेष्ठले बताए । नजिकको प्रहरी कार्यालयबाट घटनास्थलमा पुग्न पैदल सात घण्टा यात्रा गर्नुपर्ने भएकाले घटनास्थलमा प्रहरी पुग्न सकेको छैन । घटनाको थप विवरण आउन बाँकी छ । असिनापानीका कारण भिरालो नाङ्गो पाखोबाट लेदोसहितको बाढी बस्तीमा पसेको थियो । भौगोलिक विकटताका कारण घटनास्थलमा सुरक्षाकर्मी पुग्न समय लागेको छ । सुरक्षाकर्मी घटनास्थलमा पुगेपछि मात्रै क्षतिको यकिन विवरण आउने डिएसपी श्रेष्ठले बताए ।असिनापानीका कारण भिरालो नाङ्गो पाखोबाट लेदोसहितको बाढी बस्तीमा पसेको थियो । भौगोलिक विकटताका कारण घटनास्थलमा सुरक्षाकर्मी पुग्न समय लागेको छ । सुरक्षाकर्मी घटनास्थलमा पुगेपछि मात्रै क्षतिको यकिन विवरण आउने डिएसपी श्रेष्ठले बताए ।

Loading spinner