सानिमा बैंकको नाफा २.३५ अर्ब, लाभांश क्षमता १८.५७%

khabarwave
११ बैशाख २०८३

काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा २ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ४२.२२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा बैंकले १ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २०.४८ प्रतिशतले वृद्धि भई ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्ष ४ अर्ब २८ करोड रुपैयाँ थियो।

त्यस्तै, बैंकको खुद शुल्क तथा कमिशन आम्दानी १०.०५ प्रतिशतले बढेर ९५ करोड ७३ लाख रुपैयाँ पुगेको छ। कुल सञ्चालन आम्दानी २०.४० प्रतिशतले वृद्धि भई ७ अर्ब २७ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ४७.४९ प्रतिशतले बढेर ३ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ।

चालु आवको चैतसम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब १४ करोड रुपैयाँ रहेको छ, जसका आधारमा बैंकको लाभांश क्षमता १८.५७ प्रतिशत रहेको देखिन्छ।

बैंकको चुक्ता पुँजी १५ अर्ब ५८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८ अर्ब ६६ करोड रुपैयाँ सञ्चित छ।

निक्षेप र कर्जा विस्तारमा पनि बैंकले वृद्धि गरेको छ। चैत मसान्तसम्म बैंकले २ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। यो अघिल्लो वर्षको तुलनामा निक्षेपमा ४.४२ प्रतिशत र कर्जामा ८.१२ प्रतिशत वृद्धि हो।

यस अवधिमा बैंकको कर्जा–निक्षेप अनुपात ८२.७६ प्रतिशत रहेको छ। यद्यपि, खराब कर्जा पनि बढेर ३.९९ प्रतिशत पुगेको छ, जुन गत वर्ष ३.४२ प्रतिशत थियो। आधार दर भने घटेर ५.११ प्रतिशतमा आएको छ।

नाफा वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी बढेर २२.९२ रुपैयाँ पुगेको छ। साथै, प्रतिसेयर नेटवर्थ १७९.५५ रुपैयाँ र मूल्य–आम्दानी अनुपात १५.२७ गुणा रहेको छ।

Loading spinner