राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

khabarwave
१८ जेष्ठ २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनबाट पारित भई आएका दुई विधेयक प्रमाणीकरण गरेका छन्।
राष्ट्रपति पौडेलले आइतबार मध्यराति नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ प्रमाणीकरण गरेका हुन्।
संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाइएका ती दुवै विधेयक प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Loading spinner