आज एमाले सचिवालय बैठक बस्दै

khabarwave
४ जेष्ठ २०८३

एमालेको सचिवालय बैठक आज बस्दैछ। नेताहरूको कार्यविभाजन लगायत महत्वपूर्ण संगठनात्मक विषयमा छलफल गर्न बैठक बोलाइएको हो।
बैठक दिउँसो ३ बजे भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बस्ने तय गरिएको छ।
बैठकमा स्थायी कमिटी, पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्जहरूको जिम्मेवारी बाँडफाँटबारे निर्णय गर्ने तयारी गरिएको एमाले स्रोतले जनाएको छ। साथै विभिन्न विभागका प्रमुख, उपप्रमुख र इन्चार्जहरू पनि तोकिने सम्भावना रहेको छ।
११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भए पनि एमालेले अहिलेसम्म नेताहरूको कार्यविभाजन टुंग्याउन सकेको छैन। त्यसैले आजको बैठकलाई संगठनात्मक दृष्टिले महत्वपूर्ण मानिएको छ।
एमालेका अनुसार अध्यक्ष केपी शर्मा ओलीले कार्यविभाजनसम्बन्धी प्रस्ताव बैठकमा प्रस्तुत गर्नेछन्। सो प्रस्तावमाथि सचिवालय सदस्यहरूबीच छलफल भएपछि अन्तिम निर्णय लिइनेछ।
बैठकमा समसामयिक राजनीतिक अवस्था, सरकारका गतिविधि तथा पार्टीको आगामी रणनीतिबारे पनि छलफल हुन सक्ने नेताहरूले बताएका छन्।

Loading spinner