अध्यादेश फिर्ता लिन सरकारलाई दबाब

khabarwave
१७ बैशाख २०८३

काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा रहेका विपक्षी दलहरुको बैठक आज पनि बस्दैछ । बैठक बिहान साढे ११ बजे एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बताइएको छ । सरकारले संसद छलेर राष्ट्रपतिसमक्ष अध्यादेश सिफारिस गरेपछि भावी रणनीति तय गर्न विपक्षी दलहरु छलफलमा जुटेका हुन् । बुधबार पनि कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक बसेको थियो । बैठकले संसद् छलेर ल्याएको अध्यादेशको विरोध, भर्त्सना र निन्दा गर्ने निर्णय गरेको थियो । यस्तै अध्यादेशहरु फिर्ता लिन सरकारलाई आग्रह गर्दै स्वीकृत नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आह्वान गर्ने निर्णय समेत गरेको थियो । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी थिए ।

Loading spinner