अब निजी प्रयोगशालाको परीक्षण रिपोर्ट पनि मान्य हुने

khabarwave
२९ भाद्र २०७७

काठमाडौं ।सरकारी अस्पतालहरुको मात्रै परीक्षण रिपोर्ट मान्य हुने व्यवस्थालाइ  संशोधन गर्दै   बीमा समितिले कोरोना बीमाको दावी भुक्तानीका लागि अब निजी प्रयोगशालाको परीक्षण रिपोर्ट पनि मान्य हुने बनाएकाे छ ।   यस अघि मापदण्डमा नेपाल सरकार स्वास्थ्य मन्त्रालय माताहतका निकायबाट परीक्षण गरिएको परीक्षण रिपार्ट मात्रै दावी भुक्तानीका लागि हुने व्यवस्था रहेको थियो । यसको चौतर्फी आलोचना भए पछि समितिले मापदण्ड नै संशोधन गरेर नेपाल सरकार स्वास्थ्य मन्त्रालयमा कोभिड–१९ परीक्षणका लागि सूचीकृत निजी वा सरकारी जुनसुककै ल्याबको पनि रिपोर्ट मान्य हुने व्यवस्था गरेको हो ।

याे निर्णयसँगै  कोरोना बीमा दावी भुक्तानीमा देखिएको बिवादको अन्त्य भएको छ । मापदण्ड संशोधन गरेर बीमा समितिले अब कोरोना बीमाको सामुहिक पोलिसीमात्रै जारी गर्ने समेत नीति बनाएको छ ।

Loading spinner