कांग्रेस नेता खाणबाट ढोरपाटन बाढीपीडितलाइ राहत प्रदान

khabarwave
२६ भाद्र २०७७

नेता खाड बाट ४ लाख बराबर को राहत सामग्री हस्तान्तरण हार्दिक धन्यवाद सहित आभारी छौ ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य,संसदीय दलका प्रमुख सचेतक,पुर्ब मन्त्री , प्रभाबशाली नेता  बालकृष्ण खाणले बाग्लुङ ढोरपाटन नगरपालिका भुजिखोला क्षेत्रमा आएको भीषण पहिरोका कारण धेरै जनधनको क्षति भएको मा दुस्खद व्यक्त गर्दै पीडित परिवार को दुखमा सानो भयपनी मलाम लगाउने हेतुले बागलुङ कांग्रेस को क्षेत्रीय सभापति दोण कुमार कुँवर मार्फत नेपाली काग्रेस क्षेत्रीय समिति राहत कोष मा रु ४ लाख बराबर को राहत सामग्री त्रिपाल ४० थान ,१३० बक्स लालि चाउचाउ ,भुजा २ बोरा ,चामल ६० बोरा ,स्वायबिन २बोरा ,चिउरा २०० केजि ,सिटामोल २०० बक्स ,जिबन जल १०० बक्स ,माक्स ४०० पिस , राहत सामग्री हस्तान्तरण गर्नु भएको छ ।साथै सो क्षेत्रका जनताप्रतिनिधि, राजनीतिक दलका सदस्यहरु साथै सबैलाई उद्वार र राहत कार्यमा सहयोग पुर्‍याउनु हुन अनुरोध गर्दै घटनामा मृत्‍युहुनेहरु प्रति श्रद्दान्जलि तथा घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्नु भयको छ उहाको सरानिय कार्यको नेपाली काग्रेस क्षेत्रीय समिति क्षेत्र न २ बागलुङ ले उहाको उच्च सम्मान सहित आभार ब्यक्त गरेकाे छ।

Loading spinner