विद्युत् नियमन आयोग र नवनियुक्त ऊर्जामन्त्रीबीच आयोगका उपलब्धीहरूबारे छलफल
काठमाडौं । विद्युत् नियमन आयोग र नवनियुक्त ऊर्जामन्त्री पम्फा भुसालबीच आयोगका उपलब्धीहरूबारे छलफल भएको छ ।आयोगले हालसम्म गरेको कार्यप्रतिबारे ऊर्जामन्त्रीलाई जानकारी गराउँदै समसामयिक विषयमा आयोगले छलफल गरेको बताइएकाे छ ।
आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहले छलफलका क्रममा आयोगले मन्त्री भुसालसमक्ष ‘विद्युत् नियमन आयोगः परिचय तथा हालसम्मका उपलब्धिहरू’ विषयक कार्यपत्र समेत प्रस्तुत गरेको जानकारी दिनुभएकाे छ ।आयोगले नेपाल राष्ट्र बैंक र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग समन्वय गरी बन्द हुने स्थितिमा पुगेका करीब ३९ वटा जलविद्युत् आयोजनाहरूका लागि ३५ ब्याजदरमा पुनकर्जा उपलब्ध गराउन आयोगले सहजीकरण गरेको, १० मेगावाट भन्दा कम क्षमताका जलविद्युत् आयोजनाहरूमा लाग्दै आएको ‘एबिलिटी डिक्लृरेशन’बापतको जरीवानाको प्रावधान हटाउनेसम्बन्धी व्यवस्था गरेको, भारतसँग विद्युत् खरीद गर्न तथा भारतीय बजारमा विद्युत् विक्री गर्ने सम्बन्धमा भाग लिन सहमति पनि प्रदान गरेको छ ।
हालसम्म मुख्यतः नेपाल विद्युत् प्राधिकरणका उपभोक्ता (सामुदायिक थोक उपभोक्ता संस्था अन्तर्गत रहेका उपभोक्ता समेत) को विद्युत् महसुल दर निर्धारण गरी औसत विद्युत् महसुल ९५ ले घटाउनाका साथै मासिक १० युनिटसम्म उपभोग गर्ने ग्राहस्थवर्गका लागि इनर्जी चार्ज निःशुल्क डेडिकेटेड तथा ट्रङ्कलाइन खारेजीको व्यवस्था गरेको छ ।
अध्यक्ष सिंहकाे प्रस्तुतिकरणपछि मन्त्री भुसालले आयोगको कार्यप्रगति सन्तोषजनक रहेको भन्दै थप रचनात्मक र सृजनात्मक भूमिकासहित अगाडि बढ्न आयोगलाई आग्रह गर्दै जलविद्युत् क्षेत्रलाई सुधार गर्न प्रभावकारी भूमिका निर्वाह गर्दै आएको र अयोगको भूमिकामा कुनै सन्देह नरहेको बताएकी थिइन ।