सुनको कोटा बढ्याे

khabarwave
१९ चैत्र २०७७

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुले सुनको कोटा बढाएर २० किलो पुर्‍याएको छ । बैंकले सुन आयात गर्न अनुमति प्राप्त वाणिज्य बैंकहरुलाई बिहीबार एक परिपत्र जारी गर्दै  यस्तो व्यवस्था गरेको हो ।

सुन आयात तथा बिक्री वितरण सम्बन्धि कार्यविधि २०६८ लाई शंसोधन गरेर इजाजत पत्रप्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरुले आयात गर्ने सुनको दैनिक कोटा २० किलो पुर्‍याइएको नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जनाएको छ ।सुनको कोटा बढाउने राष्ट्र बैंकको निर्णयप्रति सुन चाँदी व्यवसायीहरुले भने असन्तुष्टि जनाएका छन् ।   नेपाल सुन चाँदी व्यवसायी महासंघले दैनिक ३० किलो सुन आयात गर्न पाउनु पर्ने माग सरकार समक्ष राख्दै आएको थियाे ।

Loading spinner