जब कोरोना पोजेटिभ यात्रु जहाज चढिन……
काठमाडौं ।काठमाडौंस्थित त्रिभुवन विमानस्थलस्थित नेपाल वायुसेवा निगमका कर्मचारीको लापरबाहीका कारण कोरोना पोजेटिभ रिपोर्ट आएका यात्रुलाई समेत जहाज चढाएको छन ।कोभिड-१९ पोजेटिभ रिपोर्ट बोक्ने यात्रु महिला हुन् । उनको साथ र आसपास बस्ने ११ जना यात्रुलाई आइसोलेसनमा पठाइएको छ ।
दिल्ली पुगेको निगमकाे जहाजमा कुल १४१ यात्रु थिए। नेपाल आउने र बाहिरिने सबै यात्रुको साथमा ७२ घन्टा भित्रको पिसिआर नेगेटिभ रिपोर्ट हुनुपर्छ ।नेपाल एयरलाइन्सका कर्मचारीको लापरबाहीका कारण यसअघि पनि पटकपटक कम्पनीले कारबाही भोग्नु परेको छ ।