स्वास्थ्य परीक्षण शुल्क बढ्याे, ३७० देखि ८२५ रुपैयाँसम्म

khabarwave
५ फाल्गुन २०७७

काठमाडौँ।  नेपाल चिकित्सक संघ र एशोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल अफिनको  बुधबार बसेको बैठकले स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय गरेको छ । याे निर्णयसँगै अस्पतालको बहिरङ ओपिडी शुल्क बढेको छ ।

नयाँ शुल्कअनुसार ५ वर्षभन्दा कम अनुभव भएका एमबीबीएस र बिडिएस डाक्टरले ३७०, ५ वर्ष भन्दा माथिकाले ४५० रुपैयाँ ओपिडी शुल्क लिन पाउने छन् ।त्यस्तै एमबीबीएस र बीडीएस पास भएर डिप्लोमा तालिम लिएका तर ५ वर्षभन्दा कम अनुभव भएकाले ५१५ र ५ वर्षभन्दा बढी अनुभव भएकाले ५९० रुपैयाँ शुल्क लिन पाउँछन् । १० वर्षभन्दा बढी अनुभव भएका एमडी, एमएस र एमडिएस डाक्टरले ८२५ रुपैयाँ शुल्क लिन पाउने सूचनामा उल्लेख छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अफिन र चिकित्सक संघले माघ ४ गते गरेको सहमतिका आधारमा बहिरङ ओपिडी शुल्क बृद्धि गर्ने निर्णय गरेको हो ।

Loading spinner