यातायात क्षेत्रमा लाग्दै आएको जोरबिजोर प्रणाली अन्त्य

khabarwave
२ पुष २०७७

काठमाडौं  । बिहीबार स्थानीय प्रशासन र यातायात व्यवसायीबीच ४ महिनादेखि लाग्दै आएको जोरबिजोर प्रणाली शुक्रबारदेखि अन्त्य गर्ने सहमति भएको हो । यससगै उपत्यकाको यातायात क्षेत्रमा लाग्दै आएको जोरबिजोर प्रणाली अन्त्य भएको छ ।

बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा प्रशासनका अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, यातायात व्यवस्था विभागका प्रतिनिधि तथा यातायात व्यवसायी तथा यातायात मजदुरका प्रतिनिधिको सहभागिता थियो । सो बैठकले गत साउन २१ गतेदेखि लाग्दै आएको जोरबिजोर प्रणाली हटाउने एक बुँदे सहमति गरेको हो ।बिहीबारको सहमति अनुसार यातायात व्यवस्था विभागले यसअघि जारी स्वास्थ्य मापदण्ड व्यवसायी र मजदुरले पालना गर्नुपर्नेछ । यो मापदण्ड पूरा गर्न आफूहरु तयार रहेको अध्यक्ष भण्डारीले बताए ।

Loading spinner