मंसिर २९ मा आउदैछ प्रभु लाइफकाे साधारण सेयर
काठमाडौँ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) मंसिर २९ गते सोमबारदेखि निष्काशन तथा बिक्री खुल्ला हुने भएको छ । आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको जनाएको छ ।लगानीकर्ताले आइपिओमा छिटोमा पौष २ गते र ढिलोमा पौष १३ गतेसम्म आवेदन दिन सक्नेछन् ।
जसमध्ये ३ लाख कित्ता कम्पनीका कर्मचारीलाई, ३ लाख कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी ५४ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो ।