३५ वर्षको इतिहासमा निमित्त माथि निमित्त
काठमाडौं । ऊर्जा,जलस्राेत तथा सिँचाइ मन्त्रालयले विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी प्राधिकरणकै १२ औं तहका वरिष्ठ इन्जिनियर हितेन्द्रदेव शाक्यलाई दिएको छ । शाक्यले सोमबारदेखि कार्यभार सुरु गरेका छन् ।
गत भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङ निवृत्त भएपछि सरकारले प्राधिकरणको लेखा समूहका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशक बनाएकाे थियाे । प्राधिकरणअन्तर्गत रहेको इन्जिनियरिङ निर्देशनालय सरह लाई छुट्टै सहायक कम्पनीका रूपमा गठन गरिएपछि शाक्यले त्यसको जिम्मेवारी पाएपछि शाक्यले साे जिम्बेवारी पाएका हुन ।प्राधिकरणको ३५ वर्षको इतिहासमा एक निमित्तलाई हटाई अर्को निमित्त दिएको यो पहिलोपटक हो ।
यसअघिका सरकारले ऊर्जा मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले कार्यकारी निर्देशक नियुक्त गर्थ्यो ।