२६ लाख रूपैया बराबरको खाद्यान्न राहत वितरण 

khabarwave
२४ कार्तिक २०७७

नेपाल आदिवासी जनजाति महासंघ अमेरीकाले गत जुलाई ५,२०२० देखी २९,अगष्ट २०२० सम्म करिव दुई महिना नेपालको विभिन्न ठाउँमा २६ लाख रूपैया बराबरको खाद्यान्न राहत वितरण गरेको छ ।कोरोना महामारीका कारण वेरोजगार बनेका मजदुरहरू, सिमान्तकृत , दलित तथा गरिब वर्गहरूमा थोरै भए पनि राहत पुगोस भन्ने हेतुले वितरण गरिएको हो ।

२३८ जना अमेरीका स्थित नेपाली समुदयका मनकारी महानुभावहरूले फिप्नाको आर्थिक संकलनको अभियानलाई साथ दिएका थिए । समुदायद्वारा संकलित रकमलाई वितरणको पारदर्शिता देखाउने उदेश्यले नोभेम्बर ८,२०२० का दिन फिप्नाले पत्रकार सम्मेलन गरी कार्यक्रमको विस्तृत विबरण सहित आयव्याय सार्वजनिक गरेको छ । भर्चुवल रूपमा पत्रकार सम्मेलन गरी सहयोगी मनकारी महानुभावहरू , संघ संस्थाहरू , स्वयंसेवकहरू साथै आयोजक व्यवस्थापक संस्थाहरूलाई फिप्नाद्वारा जारी विज्ञप्ति मार्फत धन्यबाद व्यक्त गरिएको छ ।

रोजगारी गुमाएका मजदुरहरू , अनाथ , असाहाय, बृद्व बृद्वाहरू, साथै सुकुम्बासी बस्ती, सिमान्तकृत समुदाय तथा सिल्पीर दलित समुदायहरूमा देशभर फिप्नाको अभियानलाई सम्पन्न गर्न प्रत्यक्ष नेपालका बिबिध संस्थासग  सहकार्य गरिएको  थियाे ।

फिप्नाले खास गरेर समानता , स्वतंत्रतता , मानवाधिकार, आदिवासी अधिकार, सांस्कृतिक, भाषिक, लैंगिक तथा समानुपातिक समावेसीकरण र पहिचानको सवालमा विभिन्न सन्दर्भमा बहस तथा जागरणका कार्यक्रमहरू गर्दै आईरहेको छ । साथै प्राकृतिक विपत्ति, महामारी , संकट जस्ता मानविय सेवा गर्नुपर्ने समयमा फिप्ना सधै अग्रपंतीमा रहेर काम गर्ने गर्दछ । फिप्नाले गत मार्च देखी जुलाई महिना सम्म अमेरीकामा समेत कोरोना महामारीबाट बच्च पिपिई सामाग्री २६ वटा संघ संस्थाहरूलाई वितरण गरेको थियो । फिप्नाको कार्यलयबाट प्रत्यक्षरूपमा एघार हजार माक्स , सत्र हजार ग्लव्स, छब्बीसहजार टाईनल साथै अन्य सामानहरू वितरण गरेर पन्ध्रसय भन्दा धेरै परिवारलाई सेवा प्रदान गरेको थियो ।

Loading spinner