नियमित अन्तर्राष्ट्रिय हवाई उडान सुरु गर्न सिफारिस
काठमाडौं । सीसीएमसी निर्देशक समिति आइतबार बसेको बैठकले नियमित अन्तर्राष्ट्रिय हवाई उडान सुरु गर्न सिफारिस गरेको छ ।
समितिले दक्षिण एसियालगायतका उपयुक्त गन्तव्यमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको हो । केबलकार सञ्चालन, जंगल सफारी, साहसिक पर्यटनलगायतका पर्यटन गतिविधि पनि खुला गरिने भएकाे छ ।
सीसीएमसीले विदेशबाट आउन खुला रहने अन्तर्राष्ट्रिय सीमा नाकामा बैतडीको झुलाघाटलाई पनि थप्न सिफारिस गरेको छ ।साथै कूटनीतिक नियोगका कर्मचारीका परिवारलाई नेपाल आउन दिने निर्णय भएको छ ।