एभरेष्ट बैंकको लाभांश आधा घट्यो
काठमाडौं । एभरेष्ट बैंकले आफ्ना लगानीकर्तालाई १०.५३ प्रतिशत लाभांश दिने भएको छ । बैंकले ५.५३ प्रतिशत नगद (करसमेत) र ५ प्रतिशत बोनस गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको बुधबार बसेको बैठकले २०७६/७७ को सञ्चित मुनाफाबाट यो लाभांश बाँड्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंक र साधारण सभाबाट पास भएपछि लगानीकर्ताले यो लाभांश पाउनेछन् । एभरेष्टले गत वर्ष २० प्रतिशत नगद र ५ प्रतिशत बोनस सेयर गरी कुल २५ प्रतिशत लाभांश दिएको थियो ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म एभरेष्ट बैंकको नाफा नाफा १८.१४ प्रतिशतले घटेर २ अर्ब ४९ करोड ९९ लाख ९४ हजार रुपैयाँमा सीमित भएको थियो । बैंकको वितरणयोग्य नाफामा २३.५३ प्रतिशतले ह्रास आएको थियो ।