घुस लिदालिदै २ प्रहरी अख्तियारकाे नियन्त्रणमा

khabarwave
१६ कार्तिक २०७७

काठमाण्डाै ।   जिल्ला महोत्तरी, गौशाला नगरपालिका, रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी जवान उमेश  चौहानलाई सेवाग्राहीबाट  १७ हजार ६सय घुसररिसवत लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले नियन्त्रणमा लिएकाे छ । अख्तियार प्रवक्ता तारानाथ अधिकारीले जारी गरेकाे प्रेस विज्ञप्तिमा साे कुरा जनाइएकाे हाे ।

त्यसै गरीअख्तियारले जिल्ला सप्तरी, प्रहरी चौकी तिलाठीमा कार्यरत प्रहरी नायब निरीक्षक सिकन्दर प्रसाद कानुले पक्राउ गरी चौकीमा राखेको मोटरसाइकल फिर्ता दिने प्रयोजनका लागि सेवाग्राहीसँग पचास हजार घुसररिसवत माग गरिरहेको अवस्थामा नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएकाे छ ।

Loading spinner