सुन्दा नै आश्चर्य,बाबुले गराए छाेराकाे चौरासी पूजा
काठमाण्डाै। बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ ।सुन्दा नै आश्चर्य पिताले छाेराकाे चौरासी पूजा गराए भन्दा तर नबलपरासीमा त्यस्तै भएकाे छ । नवलपरासी ,सुनवल नगरपालिका–१२ हरकट्टाका बुबाले छोराको चौरासी पूजा गर्न पाउने सौभाग्य पाप्त गरेका छन् ।
१०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराउँदै अरुलाई आशिष पनि दिए ।
बाबुले छोरोको चौरासी गरेको कहिल्यै नदेखिएको भन्दै स्थानीयवासी अचम्मित भई पिता ज्ञवालीसँग आशीर्वाद लिइरहेका थिए । चौरासी पूजामा बाबुछोराकै आशीर्वाद लिन पाउनु नौलो भएको स्थानीय बताएका छन ।
पिता ज्ञवाली अहिले पनि स्वस्थ्य छन् । उनलाई अहिलेसम्म कुनै औषधि खुवाउनु परेको छैन । केशवराजका चार छोरामा ८४ वर्षीय दधिरामसहित ८० वर्षीय ऋषिराम, ७७ वर्षीय हरिप्रसाद र ६३ वर्षीय डा. बाबुराम हुन् । विसं १९७० साउन १६ गते गुल्मीको बलेटक्सारमा जन्मिएका ज्ञवालीका चार छोरा अहिले पनि छन् । उनको अहिले पाँचौँ पुस्ता खनाति चलिरहेको छ ।