नाटाकाे प्रदेश–१ मा नयाँ कार्यसमिति

khabarwave
२१ आश्विन २०७७

काठमाण्डाै । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा ) प्रदेश–१ को प्रदेश अध्यक्षमा उदयकुमार श्रेष्ठ र वरिष्ठ उपाध्यक्षमा विराटनगरका युवा व्यवसायी पुण्य भट्टराई निर्वाचित भएका छन् ।
नाटाको झापाको विर्तामोडमा सम्पन्न ९ औं वार्षिक साधरणसभाले  श्रेष्ठलाई अध्यक्षमा र भट्टराईलाई वरिष्ठ उपाध्यक्षमा निर्वाचित गरेको हो । भट्टराईको विराटनगरमा इष्टर्न एसिया नामक ट्राभल रहेको छ । पर्यटन व्यवसायीसमेत रहेका भट्टराई विभिन्न सामाजिक संघसंस्थाहरूमा आवद्ध भई सामाजिक कार्यहरू पनि गर्दै आएका छन् । प्रदेश अध्यक्ष श्रेष्ठको नेतृत्वमा भट्टराईसहित उपाध्यक्षमा ऋषिराज तिम्सिना, महासचिव नविन खरेल, सचिव सुरेन्द्रप्रसाद पौडेल र कोषाध्यक्षमा सजीत तामाङ निर्वाचित भए ।
समितिको अन्य सदस्यहरूमा जीवन पराजुली, मनरथ सिलवाल, धर्मराज शिवकोटी र चक्रबहादुर कार्की निर्वाचित भएका छन् । प्रदेश–१ मा नाटाका ५३ जना सदस्य रहेका छन् ।

Loading spinner