मुख्यसचिव वैरागी र राष्ट्रिय सहकारी महासंघबीच भेटबार्ता

khabarwave
१९ आश्विन २०७७
काठमाण्डाै । नेपालको सहकारी अभियानको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कडेलको नेतृत्वमा गएको चार सदस्यीय प्रतिनिधिमण्डलले नेपाल सरकारका नवनियुक्त मूख्यसचिव शंकरदास वैरागीवीच दुईपक्षीय भेटवार्ता गरेको छ । महासंघका निवर्तमान अध्यक्ष तथा पूर्वमन्त्री केशव वडालसहितको प्रतिनिधिमण्डलले नवनियुक्त मूख्य सचिवलाई संविधानको भावना अनुरूप सहकारीले उत्पादन, प्रशोधन, उद्योग एवंम सेवा लगायतका समर्ग क्षेत्रमा कार्य गर्न पाउने गरी नीति तथा कानुन निर्माण गर्ने वातावरण तयार गरी दिन आग्रह गरेको थियो ।
उक्त संक्षिप्त भेटवार्तामा मूख्य सचिव वैरागीद्धारा समग्र क्षेत्रको पूर्वाधार विकास, सुशासन र सेवा प्रवाहलाई चुस्त दुरूस्त वनाउने कार्यमा सरकारले ध्यान दिइरहेको सन्दर्भमा सहकारी क्षेत्रको समेत महत्वपूर्ण भूमिका रहने हुदा सोही अनुसार सहकारी क्षेत्रलाई प्राथमिकतामा राखि योजना वनाउने प्रतिवद्धता जनाउनुभयो । साथै उहाँले सहकारी क्षेत्रका मुद्धाहरूमा आवश्यक छलफल गर्न उपयुक्त समयमा वैठक वोलाउने समेत जानकारी गराउनुभयो ।
महासंघका उपाध्यक्ष रमेश प्रसाद पोखरेलका साथै महाप्रवन्धक चित्रा कुमारी थाम्सुहाग सुव्वा समेतको सहभागिता रहेको उक्त प्रतिनिधिमण्डलद्धारा नवनियुक्त मूख्य सचिवलाई वधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरिएको थियो ।
Loading spinner