५० हजार खसीबोका र च्याङ्ग्रा भित्र्याइदै,बजार हस्तक्षेप गर्दे खाद्य कम्पनी

khabarwave
१९ आश्विन २०७७

काठमाण्डाै ।  दसैंलाई लक्षित गरेर उपत्यका ५० हजार खसीबोका र च्याङ्ग्रा भित्र्याइने भएको छ । खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेड र निजी व्यवसायीले दसैंलाई लक्षित गरेर उपत्यकामा खसीबोका भित्राउन लागेका हुन् ।। यो वर्ष ५० हजार संख्यामा खसीबोका भित्र्याउन लागिएको हो ।
दसैंमा  अन्य समयको तुलनमा खसीबोका खपत धेरै हुने गर्छ ।  दसैंलाई लक्षित गरेर निजी व्यवसायीले गाउँ गाउँमा गएर खसीबोका खरिद गर्न सुरु गरिसकेका छन् । अहिलेदेखि नै बजारमा खसीबोका भित्रिने क्रम बढ्दै गएको व्यवसायीको भनाइ छ । कोरोनाको संक्रमण बढ्दै गए पनि उपत्यकामा खसीबोकाको खपत भने नघटेको व्यवासायीको भनाइ छ । दसैंमा उपत्यकामा ५० हजार खसीबोका र च्याङ्ग्रा भित्रिने अनुमान गरिएको छ ।
स्थानीय उत्पादनले माग धान्न नसकेपछि छिमेकी मुलुक भारत र चाइनाबाट खसीबोका आउने बताइएकाे छ  । अहिले दैनिक एक हजार संख्यामा खसीबोका भित्रिने गरेका छन भने घटस्थापना सुरु भएपछि ठूलो संख्यामा उपत्यकामा भित्रिन्छन् ।” यो वर्ष अघिल्लो वर्षको तुलनामा प्रतिकेजी २० देखि ३० रुपैयाँ मूल्य बढ्ने अनुमान गरिएकाे छ  ।   व्यवसायीका अनुसार गत वर्ष जिउँदो प्रतिकेजी ५६० देखि ५७० रुपैयाँ रहेको खसीबोकाको मूल्य बढेर ६ सय रुपैयाँ पुगेको छ । स्थानीय उत्पादनले माग धान्न व्यवसायीले भारतबाट खसीबोका ल्याउने गरेका छन् ।

खाद्य कम्पनीले दसैंलाई लक्षित गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तीन हजार खसीबोका र च्याङ्ग्रा बिक्री गर्न लागेको छ । बजार मूल्य नियन्त्रण गर्नका लागि कम्पनीले यो वर्ष तीन हजार संख्यामा खसीबोका र च्याङ्ग्रा खरिद गर्न लागेको हो । दसैंमा उपत्यकामा खसीबोकाको खपत धेरै हुँदा व्यवसायीले बढी मूल्य निर्धारण गरी उपभोक्ता ठगिने सक्ने भन्दै कम्पनीले बजार मूल्य हस्तक्षेप गर्नका लागि खसीबोका खरिद गर्ने तयारी गरेको हो । १ हजार ६ सय संख्यामा खसीबोका र १ हजार ४ सय संख्यामा च्याङ्ग्रा खरिद गर्न लागेको कम्पनीले जानकारी दिएको छ ।

Loading spinner