बिभिन्न मुलुकका सिक्काहरू भीमनारायण संग्रालयलाई प्रदान

khabarwave
१८ आश्विन २०७७

तेह्रथुम । प्रकृति प्रेमी स्वास्थ्यकालागी पदयात्रा कै क्रममा धुमपान बिरूदका अभियान्ता तथा नेपाल अर्बुद रोग निवारण संस्था,नेपाल भारत मैत्री संघ धनकुटा संस्थापक ,नेपाल अर्बुद रोग निवारण संस्था केन्दिय अध्यक्ष ईश्वर श्रेष्ठले सिक्काहरू प्रदान गर्नुभएकाे छ ।    शहीद भीम नारायण संग्रहालयमा राख्नका लागि बिभिन्न मुलुकका सिक्काहरू चो-लुगं पार्क युमा संग्रालयको प्रांगणमा सहिद भीमनारायण श्रेष्ठकका जेष्ठ सुपुत्र भीम नारायण संग्रालयका संरक्षक,प्रकृति प्रेमी स्वास्थ्यकालागी पदयात्रा धनकुटाका अध्यक्ष मनोजनारायण श्रेष्ठलाई अभियान्ताहरूकाबिच प्रदान गरिएको थियो भने  “प्रकृति प्रेमी स्वास्थ्य को लागी पैदल यात्रा” का सदस्य हरू ले कबिता बाचन बाँसुरी धुन तथा मन्तब्य ब्यक्त गर्नु भयो ।

धनकुटा चित्रे बसन्तपुर,फुलेक,पटके डाडा,सभा पोखरी,नुन ढाकी हुदै सिधुवा बजार संम्म पैदल यात्रा ७ घण्टा मा पुरा गरिएको थियो। प्रत्येक शनिबार घुम्रपान,बिषादी ले गर्ने हानी र आन्तरिक पर्यटनकाेबारे जनचेतना जगाउदै पद यात्रा गर्दै आएकाे उक्त अभियान शनिबार समेत आइपुग्दा १ सय ११ पुगेकोअभियान्ता दिपक श्रेष्ठ बताउनु भयो।।

Loading spinner