४० दिनपछि नेकपा स्थायी कमिटी बैठक २६ भदौमा

khabarwave
२२ भाद्र २०७७

नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटीको बैठक आगामी भदौ २६ गते बस्ने भएको छ ।बैठकबारे   बिहान बालुवाटारमा पार्टी अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलबीचको छलफलले स्थगित बैठक बोलाउने सहमति जुटाएको हाे ।प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली निकट  स्राेतले    भदौ २६ गते स्थायी समिति बैठक बोलाएको जानकारी दिएकाे छ ।

नेकपाभित्र विवाद बढ्दै गएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।गत साउन १३ गतेबाट स्थगित बैठक ४० दिनपछि भदौ २६ गते बोलाउने सहमति भएको हाे । नेकपाकाे  उक्त बैठकमा पार्टी कार्यदलले दिएको प्रतिवेदन र सचिवालय सदस्यहरुको धारणालाई समेत समेटेर दुई अध्यक्षले प्रस्ताव पेश गर्ने बताईएकाे छ ।

 

Loading spinner