३३ जना एसएसपीको सरुवा, को कहाँ ? (सूचिसहित)

khabarwave
५ मंसिर २०७७

काठमाडौं । गृह मन्त्रालयले ३३ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी)को सरुवा गरेको छ । जसमा काठमाडौं र ललितपुर प्रहरी परिसर प्रमुख समेत परेका छन् । गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार मंसीर ७ गतेबाट लागू हुनेगरी एसएसपी सरुवा गरिएको हो। महानगरीय प्रहरी परिसर काठमाडौंमा अशोक सिंहलाई सरुवा गरिएको छ। उनी यसअघि प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध नियन्त्रण महाशाखामा कार्यरत थिए। काठमाडौंको प्रहरी प्रमुखमा श्याम ज्ञवालीलाई भने अशोक सिंहको ठाउँमा लगिएको छ। त्यस्तै महानगरीय प्रहरी परिसर ललितपुरमा एसएसपी टेकबहादुर राईको ठाउँमा एसएसपी किरण बज्राचार्यलाई लगिएको छ। बज्रचार्य यसअघि महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा थिइन्। एसएसपी राईलाइ भने कार्य विभाग कार्यालय महाशाखा नक्सालमा सरुवा गरिएको छ।
त्यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखामा एसएसपी भीमप्रसाद ढकाल पनि सरुवामा परेका छन्। एसएसपी ढकालको ठाउँमा एसएसपी जनक भट्टराईलाई ल्याइएको छ। एसएसपी सन्दीप भण्डरी, दीपेश लोहनी, शेखर कोइराला, रामदत्त जोशी लगायत एसएसपीको सरुवा भएको छ।
पछिल्लो पटक बसेको मन्त्रीस्तरीय बैठकको निर्णयले प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) स्वीकृत गरेसँगै प्रहरीमा प्रदेशमा प्रहरी समायोजन र स्वीकृत दरबन्दी अनुसारको बढुवाका लागि बाटो खुलेको छ। त्यस्तै नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र प्रहरी नायब महानिरीक्षक (डीआइजी) को दरबन्दी थप हुने भएको छ।

Loading spinner