२९०९ जनामा संक्रमण, ४५ सय संक्रमणमुक्त

khabarwave
२१ कार्तिक २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २९०९ जनामा कोरोना भाइरस संक्रमण भएको छ । १0हजार १५३ जनाको पीसीआर परीक्षण हुँदा १७७६ पुरुष र ११३३ जना महिलामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ ।मन्त्रालयका अनुसार  २४ घण्टामा ४५ सय जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त ४५ सय जनाहुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १३३८ संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौं जिल्लामा १०३०, भक्तपुरमा १२१ र ललितपुरमा १८७ जना रहेकाे मन्त्रालयले जनाएकाे छ ।

 

Loading spinner