
२४ घन्टामा २ हजार १२० कोरोना संक्रमित थपिँदा २ हजार ४४ जना डिस्चार्ज
काठमाडौँ । पछिल्लो २४ घन्टामा थप २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ८४ हजार ५७० संक्रमितको संख्या पुगेको जनाए ।
त्यसैगरी २४ घन्टमा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २ हजार ४४ रहेको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ६२ हजार ७४० पुगेको छ । २४ घन्टामा जम्मा १२ हजार ९ सय ७८ पीसीआर परीक्षण भएका छन् ।