२४ घण्टामा ११सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि ,संक्रमितको संख्या ६५ हजार नाघ्याे

khabarwave
५ आश्विन २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा ११सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ६७४ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ५३८, भक्तपुरका ७४ र ललितपुरका ६२ जना छन् ।

यस्तै मोरङका १०७ जना, सप्तरीका ४७, कैलालीका ३७, रौतहटका २९, सुर्खेतका २८, नवलपरासीका २४, कास्की र रुपन्देहीका १८र१८ जना, बझाङका १६, महोत्तरीका १४, सुनसरीका ११, काभ्रे र बाँकेका १०र१० जना तथा कपिलवस्तु, रुकुम पूर्व र दैलेखका ९र९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सर्लाही, अर्घाखाँची, प्युठान र कञ्चनपुरका ७र७ जना, धादिङका ६ जना, पर्सा र नुवाकोटका ५र५ जना, सिराहा, पाल्पा र डडेलधुराका ४र४ जना, दोलखा, मकवानपुर र अछामका ३र३ जना, झापा, धनुषा, सिन्धुली, नवलपुर, रुकुम पश्चिम र बैतडीका २र२ जना तथा इलाम, उदयपुर, बारा, सिन्धुपाल्चोक, पर्वत, डोटी र बाजुराका १र१ जनामा पनि संक्रमण देखिएको छ

उनीहरुमध्ये ४२७ जनाको मृत्यु भएको छ भने ४७ हजार २३८ जना संक्रमणमुक्त भएका छन् । कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र १००५ जना संक्रमणमुक्त भएका छन् ।

 

 

Loading spinner