२४ घण्टामा सरकार र आमरण अनसनरत डा. केसीबीच सहमति नजिक

khabarwave
२३ आश्विन २०७७

काठमाडौं । बार्ता सुरू भएकाे २४ घण्टामा सरकार र आमरण अनसनरत डा. गोविन्द केसीबीच सहमति भएको स्राेतकाे दाबी छ । दुबै वार्ता टोलीबीच सहमतिकाे नजिक पुगेकाे र सहमतिलाई औपचारिकता दिएपछि आजै रातीसम्म भएपनि अनसन तोड्ने तयारी रहेको बताइएको छ । सरकारका तर्फबाट बार्ताकाे नेतृत्व शिक्षा सचिव गोपी मैनालीले गरेकाछन भने र डा. गोविन्द केसीकाे तर्फबाट डा. जीवन क्षेत्रीले गरेका छन । वार्ता टोली बिहीबार नै सहमति नजिक पुगिसकेका थिए तर डा. केसीको ६ बुँदे मागको चौथो बुँदा मा सहमति नभएपछि शुक्रबार पुन बार्ता भएकाे हाे ।

बिहीबार सहमति हुन नसकेको विषय डा. केसीको ६ बुँदे मागको चौथो बुँदा थियो । शुक्रबार दुबै पक्षले आन्तरिक परामर्श गरेपछि सहमतिलाई अन्तिम रुप दिइएको हो ।

Loading spinner