२४ घण्टामा देशभर १ हजार ८१ जनामा कोरोना संक्रमण

khabarwave
२४ भाद्र २०७७

काठमाडौं । बितेको २४ घण्टामा ९१८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ३३ हजार ८८२ पुगेको छ ।पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ८१ जनामा संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनले हालसम्म संक्रमितको कुल संख्या ४९,२१९ पुगेको पनि जानकारी दिएका छन  । काठमाडौं उपत्यकाका थप ४६४ जनामा कोरोना भाइरस  संक्रमण पुष्टि भएको छ ।
काठमाडौंका ३९४, ललितपुरका ३४ र भक्तपुरका ३६ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै काठमाडौंमा संक्रमितको संख्या ७ हजार ६११ पुगेको छ ।

यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ७ हजार ९८८ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ३७ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ११ हजार १६७ जनाको पीसीआर परीक्षण भएको छ । कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ ।

Loading spinner