१४ हजार ५३० जनामा पीसीआर परीक्षण हुँदा ४ हजार ४७ जनामा कोरोना संक्रमण,उपत्यकाका सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण

khabarwave
२६ आश्विन २०७७

काठमाण्डाै । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकासहित देशभर आज १४ हजार ५३० जनाको पीसीआर परीक्षण भएकोमा ४ हजार ४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । २४ घण्टामा काठमाडौं उपत्यकामा थप २२८३ जनामा कोरोना भाइरस संक्तमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १ हजार ८८८ भक्तपुरमा ११८ र ललितपुरमा २७७ जनामा संक्रमण पुष्टि भएको हाे ।
यससँगै आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १३ हजार ९२३ र होम आइसोलेशनमा १९ हजार ९५७ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ४७३ जना कोरोनामुक्त भएपछि हालसम्म निको हुनेको कुल संख्या ७७ हजार २७७ पुगेको छ ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने भएको छ । सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने र स्वास्थ्य सेवा विभागसँग भएको भेन्टिलेटर, आईसीयू र अक्सिजन आदि सघन उपचारका लागि व्यवस्थापन गर्ने निर्णय गरेको हो । होटलहरुसँग सहकार्य गरेर होटल आइसोलेसन सेन्टर सञ्चालन गर्न अनुमति दिने पनि निर्णय गरेको छ ।

Loading spinner