१३ हजार २३ जनाको पीसीआर परीक्षण गर्दा २८सय २४ जनामा संक्रमण पुष्टि

khabarwave
१६ कार्तिक २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २८सय २४ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

मन्त्रालयका अनुसार १३ हजार २३ जनाको पीसीआर परीक्षण गर्दा २८सय २४ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १६सय २२ जनामा कोरोना भाइरस संक्रमण भएको मन्त्रालयले जनाएकाे छ । जसमा काठमाडौं जिल्लामा १३सय ६२, भक्तपुरमा ९६ र ललतिपुरमा १सय ६४ जना संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३६२० जना रहेका छन् ।

Loading spinner