११ हजार १सय५४ जनाको पीसीआर परीक्षण गर्दा १३सय५६ जनामा कोरोना संक्रमण

khabarwave
६ आश्विन २०७७

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा  थप १३सय५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार ११ हजार १५४ जनाको पीसीआर परीक्षण गर्दा १३सय५६ जनामा संक्रमण देखिएको हो ।पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ६सय ४७ जना संक्रमित भेटिएका छन् । काठमाडौंमा ५सय ११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ जना संक्रमित भेटिएका छन् ।

यसपछि कुल कोरोना संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ । सक्रिय संक्रमितको संख्या भने १८ हजार १ सय ४२ रहेको छ । कोरोना भाइरस संक्रमण निको भएर पछिल्लो २४ घण्टामा ८२३ जना डिस्चार्ज भएका छन् । कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल सं‌ख्या ४८ हजार ०६१ रहेको छ ।

 

 

Loading spinner