१० लाख रुपैयाँ घुस रकमसहित इन्जिनियर नियन्त्रणमा
काठमाण्डाै । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले १० लाख रुपैयाँ घुस रकमसहित हेटौँडाबाट एक इन्जिनियरलाइ नियन्त्रण लिएकाे छ ।
आयोग हेटौँडाको टोलीले नेपाल विद्युत प्राधिकरण अन्तर्गतको हेटौँडा -भरतपुर-बर्दघाट विद्युत प्रसारण विस्तार आयोजनाका प्रमुख इन्जिनियर ईश्वरीप्रसाद जसवाललाई घुस रकमसहित पक्राउ गरेको हो ।इन्जिनियर जसवाललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
जसवालले प्रसारण लाइनको ठेकेदारसँग उक्त रकम घुस लिइसकेको अवस्थामा हेटौँडा(१० बसपार्क मेगा होटलबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।