१सय ८२ सहसचिव र ४ सय ५६ उपसचिव पदका लागि विज्ञापन खुल्याे

khabarwave
२८ आश्विन २०७७

काठमाडौँ ।  लामाे समयपछि लोक सेवा आयोगले ठुलो सङ्ख्यामा सहसचिव र उपसचिव पदका लागि विज्ञापन खुलाएको छ ।

आयोगले बुधवार सूचना प्रकाशित गर्दै  १सय ८२ सहसचिव र ४सय५६ उपसचिव पदका लागि विज्ञापन खुलाएको हो ।निजामती तर्फ बढुवा दुई सय ६६ र खुल्ला २७ जना गरी दुई सय ९३ जना माग गरिएको छ । संसदतर्फ १६ बढुवा र दुई खुल्लामा गरी १८ जना मागिएको छ भने स्वास्थ्यतर्फ बढुवा एक सय दुई जना र ४३ जना खुल्ला गरी एक सय ४५ जना मागिएको छ ।

आयोगका अनुशार उपसचिव बढुवा तीन सय ८४ र खुल्ला ७२ जना गरी जम्मा चार सय ५६ जना मागिएको हाे।

त्यसैगरी सहसचिवतर्फ एक सय ६३ जना बढुवा र १९ जना खुल्लातर्फ गरी जम्मा एक सय ८२ पदमा विज्ञापन भएको छ । जसमध्ये निजामती तर्फ बढुवा ९५ जना र खुल्ला १० जना, संसदतर्फ बढुवा ३ जना र स्वास्थ्यतर्फ ६५ जना बढुवा र ९ जना खुल्ला गरी ७४ पदमा विज्ञापन भएको छ । उम्मेदवारहरूले कार्तिक १८ सम्म आवेदन दिन सक्नेछन् ।

 

Loading spinner