हिमाल आरोहण खुल्ला ,मंगलबार चार मुलुकका विदेशी पर्यटक नेपाल आउँदै

khabarwave
१ कार्तिक २०७७

काठमाडौं। सरकारले पर्वतारोहण र हिमाल आरोहण गर्ने पर्यटकलाई शनिबारदेखि नेपाल आउन खुल्ला गर्ने निर्णयपछि मंगलबार चार मुलुकका विदेशी पर्यटक ट्रेकिङ र हिमालय आरोहणका लागि आउँदैछन्।हिमालयन गाइड्स नेपाल ट्रेक्स एण्ड एक्सपिडिसनको व्यवस्थापनमा गर्न लागिएको यो हिमाल आरोहणका लागि अक्टोबर २७ तारिखदेखि ४५ दिनसम्म समयावधि छुट्याइएको छ।

मंगलबार अमेरिकाबाट पाँच जना, कतार, बेलायत, इटली, जोर्डन र युनाइटेड अरब इमिरेट्स लगायत प्रत्येक मुलुकबाट एक जनाका दरले अनअराइभल भिसा उपलब्ध गराउनका लागि पत्राचार गरेको हो। कोरोना संक्रमणको सात महिनापछि विदेशी पर्यटक नेपाल आउन लागेका हुन्। पर्यटन विभागले मंगलबारदेखि नेपाल भ्रमणका लागि आउन चाहेका १० जना विदेशी पर्यटकलाई अन(अराइभल भिसा दिन अध्यागमन विभागलाई पत्राचार गरेको जनाएको छ।

 

Loading spinner