स्वास्थ्यमन्त्री ढकाल फेरि होम क्वारेन्टाइनमा

khabarwave
६ आश्विन २०७७

काठमाडौं। परिवारका एक सदस्यलाई कोरोना देखिएपछि होम क्वारेन्टाइनमा बसेर निस्किएका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल पुनः होम क्वारेन्टाइनमा छन्। उनको परिवारका अर्का सदस्यमा कोरोना संक्रमण पुष्टि भएसँगै ढकाल होम क्वारेन्टाइनमा बसेको हुन् । परिवारको सदस्यलाई कोरोना पुष्टि भएसँगै होम क्वारेन्टाइनमा रहेका ढकालको स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिनेछ । स्वास्थ्य मन्त्रालय नजाने र नियमित भेटघाट बन्द गरे पनि मन्त्री क्वाटरबाटै मन्त्री ढकालले मन्त्रालयका काम र आवश्यक निर्देशन दिइरहेका छन्।

Loading spinner