स्वास्थ्यकर्मी आन्दोलित ,दैनिक अस्पताल परिसरमा धर्ना

khabarwave
२० कार्तिक २०७७

काठमाडौँ ।आकिस्मक विभागका १६ जना डाक्टरले सामुहिक राजिनामा दिएकाे प्रकरण सेलाउन नपाउदै वीर अस्पतालका स्वास्थ्यकर्मी कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता नदिएको भन्दै  कार्यरत  आन्दोलित भएका छन् । स्वास्थ्यकर्मीहरुले ४ दिनदेखि दैनिक विहान साढे १० देखि साढे ११ बजेसम्म कालो पट्टी बाँधेर अस्पताल परिसरमा धर्ना दिदै आएका छन् ।वीर अस्पतालमा हालसम्म करिब २५० स्वास्थ्यकर्मी कोरोनाबाट  संक्रमित भइसकेका छन् ।

अस्पतालका झण्डै एक हजार ५ सय स्वास्थ्यकर्मीले कोभिड भत्ता पाएका छैनन् ।

समयमा तलब नदिएको,  हालसम्मकाे कोभिड भत्ता र गुणस्तरिय स्वास्थ्य सुरक्षा सामग्री नदिएको नदिएको   स्वास्थ्यकर्मीको गुनासाे छ ।

 

Loading spinner