सुरक्षा प्रहरी युनिट स्थापना गर्नुपर्नेमा जोड

khabarwave
२ मंसिर २०७७

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विमानस्थल सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठनका लागि आफूले सुरक्षा अंगहरु र सम्बन्धित मन्त्रालयसँग छलफल थालेको  बताएका छन ।अन्तर्राष्ट्रिय अपराधिक क्रियाकलाप र त्यसमा संलग्न संगठनहरुसँग नजिक भएका व्यक्तिहरु समेत विमानस्थलबाट आवतजावत गर्ने सम्भावना भएकाले वशिष्टिकृत तालिम प्राप्त सुरक्षा युनिटको आवश्यकता पर्ने बताएका छन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण भएको सुरक्षा गार्ड भवनको उद्घाटन गर्दै मन्त्री भट्टराईले विमानस्थलको सुरक्षा संवेदनशीलतालाई हेरेर भएपनि छुट्टै विमानस्थल सुरक्षा प्रहरी सुरक्षा युनिट स्थापना गर्नुपर्नेमा जोड दिएका हुन ।

 

Loading spinner