सुरक्षा परिषद्को बैठक सकिनसाथ आजै मन्त्रिपरिषद् बैठक

khabarwave
११ फाल्गुन २०७७

काठमाण्डाै । प्रधानमन्त्री केपी ओलीले आज मंगलबार बैठक सिंहदरवारस्थित परिषद्को कार्यालयमा बिहान नौ बजे राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गरेका छन । लगत्तै बालुवाटारमा मन्त्रिपरिषद् बैठक साढे १० बजेलाई बाेलाइएकाे छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनको मुद्दामा अहिले फैसला दिने तयारी गरिरहेको छ । उच्च स्रोतका अनुसार वर्तमान सुरक्षा अवस्थाबारे बैठक केन्द्रित रहने छ । राष्ट्रिय सुरक्षा परिषद्को बैठकको अध्यक्षता परिषद् प्रमुख तथा प्रधानमन्त्रीले गर्ने गर्छन् ।

प्रधानमन्त्री प्रमुख रहने सुरक्षा परिषद्को सदस्यमा रक्षा मन्त्री, गृहमन्त्री, परराष्ट्र मन्त्री, अर्थमन्त्री, मुख्यसचिव र प्रधानसेनापति रहने व्यवस्था छ भने सदस्यसचिव रक्षा सचिव छन् । दुबै बैठकलाई विशेष चाँसोका साथ हेरिएको छ ।

 

 

 

Loading spinner