
सीसीएमसीको मुख्य कार्यकारी निर्देशकमा बालानन्द
काठमाडौं । कोभिड–१९ निर्देशन समिति अन्तर्गत कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को मुख्य कार्यकारी निर्देशकमा पूर्वरथी बालानन्द शर्मालाई नियुक्त भएका छन ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई कार्यकारी निर्देशक नियुक्त गरेको हाे ।
नयाँ ऐनले व्यवस्था गरेअनुसार सरकारले समितिको मुख्य कार्यकारी निर्देशकमा पूर्व रथी शर्मालाई नियुक्त गरिएको हो ।शर्मा यसअघि विद्रोही माओवादी शान्ति प्रक्रियामा आएपछि माओवादी सेनाका लडाकूहरुको रेखदेख समायोजन तथा पुनर्स्थापना विशेष समिति अन्तर्गतको सचिवालयका संयोजक थिए ।