सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई भन्याे-चारपाङ्ग्रे गाडीको विस्तृत विवरण उपलब्ध गराउ

khabarwave
२८ मंसिर २०७७

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई उनीहरुसँग भएको चारपाङ्ग्रे गाडीको विस्तृत विवरण उपलब्ध गराउन परिपत्र जारी गरेको छ ।केही समय अगाडि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले यस विषयमा चासो व्यक्त गरेपछि मन्त्रालयले अग्रसरता देखाएकाे हाे ।मन्त्रालयले ७७ वटै जिल्ला समन्वय समिति मार्फत सबै स्थानीय सरकारलाई पत्राचार गरेको छ ।

परिपत्रमा ,‘प्रधानमन्त्री कार्यालयबाट विभिन्न निकायमा रहेका चारपाङग्रे सवारी साधनहरुको माग भई आएकाले त्यहाँ अन्तर्गत सवारी साधन प्रयोग गर्ने पदाधिकारीहरुको नाम, पद, गाडीको किसिम र सवारी साधनको नम्बर यथाशिघ्र प्रेषित गरिदिनु हुन अनुरोध गरिएकाे भनिएकाे छ ।’

Loading spinner