
वृद्धवृद्धाहरूलाई सडकमा उतारेर नगरपालिकाकाे रमिता,देशभर आन्दोलन गर्ने चेतावानी,मन्त्रालय पछि हट्याे
काठमाण्डौ । मध्यपुर थिमि नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने करिब ३५ सय नागरिकहरूले श्रावण महिनादेखि पाउन नसकेपछि आक्रोसित बन्न पुगेका छन । गत हप्ता आन्दोलनकाे घाेषणा गरेका वृद्धवृद्धाहरूले समयसिमाभित्र भत्ता नपाएपछि आज मध्यपुर थिमी नगरपालिकामा नाराबाजी , घेराउ तथा कोणसभा गरेका छन् ।अग्रज समाज नेपालको अगुवाइमा भएको उक्त कार्यक्रममा बाेल्दै समाजका केन्द्रिय अध्यक्ष महाप्रसाद पराजुलीले संवैधानिक हक अधिकार अनुसार सामाजिक सुरक्षा प्राप्त गर्दै आएको नागरिककाे सामाजिक सुरक्षा भत्ता राेकेर नगरपालिकाले बेइमानी गरेकाे बताउनु भएकाे थियाे । समाजका केन्द्रीय प्रवक्ता गोविन्द निरौलाका अनुसार अध्यक्ष पराजुलीले एक हप्ताभित्र भत्ता नदिए समाजको अगुवाइमा देशभरका वृद्धवृद्धाहरूलाइ सडकमा उतार्ने बाध्य हुने चेतावानी दिनुभएकाे छ । उहाँले समाजकाेआग्रहलाई कमजोरी नठान्न अनुराेध गर्नुभएको छ । मेयर मदनसुन्दर श्रेष्ठले ४८ घण्टाभित्र भत्ता दिने कार्य अगाडि बढाउने भन्दै ४८ घण्टाको समय माग गरेरका थिए । सामाजिक सुरक्षाभत्ता मार्फत करिब ३ करोड रकम पहिलो चौमासिकको दिन बाँकी छ । मंगलबारसम्म भत्ता नगरपालिकाले नदिएपछि वृद्धवृद्धाहरू आन्दोलित भएका हुन । नगरपालिकाकाे डेढलक कायमै छ ।
नगरपालिकाका अहिलेका कार्यकारी अधिकृत उद्धव रिजाललाई हटाएर उपसचिब चुडामणी पन्थीलाइ पठाउने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाे तयारी भएको चर्चा चलेपनि उक्त चर्चा तत्कालका लागि स्थगित हुन पुगेको मन्त्रालय स्राेतले बताएको छ । मन्त्रालय स्राेतले तत्कालका लागि रिजाललाई कामकाज गर्न अनुरोध गरेको र अहिले कुनैपनि त्यहाँ कार्यकारीका रुपमा नपठाउने मन्त्रालयको सोच रहेकाे छ । नयाँ कार्यकारी पठाउदा विवाद नगरपालिकाकाे समाधान नहुने बुझेर मन्त्रालय पछि हटेको स्राेतकाे दाबी छ ।