सामाजिक सुरक्षा भत्ता  बढ्ने प्रधानमन्त्री ओलीकाे घाेषणा

khabarwave
१७ चैत्र २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता  बढ्ने बताएका छन् । पहिलो बजेटमै जेष्ठ नागरिक भत्ता किन बढाइएन भनेर धुम मच्चाइयो र हामीले गत बजेटमा बढायौं’ मंगलबार रिपोर्टस क्लवको बार्षिकोत्सवमा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘अब पनि साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता अलिकति बढ्छ नै ।

नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्रमा वृद्धभत्ता मासिक ५ हजार दिने भनेको थियो । सरकारले अहिलेसम्म मासिक ३ हजार दिँदै आएको छ । आफ्नो सरकारले सामाजिक सुरक्षाका क्षेत्रमा धेरै कामहरु गरेको प्रधानमन्त्री ओलीले बताए । उनले भने, ‘सामाजिक सुरक्षाका क्षेत्रमा थुप्रो कामहरु हामीले गर्यौं । योगदानका आधारमा सामाजिक सुरक्षा जस्ता कुराहरु ग¥यौं । अरु पनि सामाजिक सुरक्षाका कामहरु हामी गर्दै जान्छौं ।प्रधानमन्त्री ओलीले अब सरकारले आफ्नै रेल किनेर ल्याएर किनेर छिट्टै सञ्चालन गरिने बताए ।प्रधानमन्त्रीले अगाडि भने, ‘अहिले कतिपय ठाउँमा बाटोहरु बनिराख्या छ । राइट अफ वे स्पष्ट गरिया छ । त्यहाँ क्षतिपूर्ति दिने अधिग्रहण गर्ने कामहरु भइराख्या छ ।

Loading spinner