
सानिमा जनरलले ३० करोडको आईपीओ जारी गर्ने
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले ३० करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) बिक्री गर्ने अनुमति पाएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ बराबरको ३० लाख कित्ता सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । बोर्डले कम्पनीलाई असोज ५ गते सो मात्राको सेयर निष्काशन गर्नको लागि अनुमति दिएको हो । यससँगै कम्पनीले केही दिनमै बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल मार्फत सो मात्राको आईपीओ सर्वसाधारणमा बिक्री गर्ने छ ।